arrow

कोरोना पाल्पाः थप एकलाई संक्रमण, यस्तो छ अहिलेसम्मको अवस्था

logo
सीता डोटेल, 
प्रकाशित २०७७ भदौ ७ आइतबार
covid-test-positive-corona.jpg

पाल्पा । पाल्पा जिल्लामा थप एक जनामा कोरोना संक्रमण पत्ता लागेको छ । उनी तानसेन नगरपालिका १२ का एक जना पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार उनी भारतबाट आएर होम क्वारेन्टिनमा रहेका व्यक्ति हुन् । उनलाई अब आइसोलेशनमा राख्ने तयारी भइरहेको छ । 

पाल्पामा अहिलेसम्म ५ सय ६५ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये ५६४ जना भारतबाट आएका हुन् भने एक जना समुदाय स्तरकी महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यु भएको छ भने ५६० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।



लोकप्रिय समाचार
नयाँ