नवलपरासी । नवलपरासी पश्चिममा एक ब्यक्तिको हत्या भएको छ । शनिबार राति करिब ११ बजेको समयमा प्रतापपुर गाउँपालिका ८ को पतलहवा टोल बस्ने अन्दाजी बर्ष ४० का अर्जुन यादवको हत्या भएको हो ।
सोही स्थानमा बस्ने अन्दाजी बर्ष २७ को डल्लु दुषाध र प्रतापपुर गाउँपालिका वार्ड ८ फटकी टोल बस्ने अन्दाजी बर्ष २३ को रोशन मल्लाहले कुटपिट र घरायसी हातहतियारको प्रयोग गरि यादवको हत्या गरेको प्रहरीले बताएको छ ।
घटनाको प्रकृति हेर्दा हत्यारा दुषाध र मल्लाहले यादवलाई निर्घात रूपमा कुटपिट गरेको र उनको टाउकोमा धारिलो हतियार प्रयोग भएको देखिन्छ र उनिहरु केही समय एक आपसमा बाझाबाझ गरेको बेला झगडा छुट्टाउन पुगेका सोही ठाउँमा बस्ने बर्ष ३८ को कृष्ण चमार घाइते भएको तथा डल्लु दुषाध र रोशन मल्लाहले यादवको हत्या गरेको घाइते चमारले जानकारी दिएका छन् ।
अहिले घटना स्थलमा प्रहरीले घटनाको प्रकृति निहाली रहेको र यादवको हत्या गरि भाग्न खोजेका दुषाध र मल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले जानकारी दिएका छ्न् ।
प्रहरीको नियन्त्रणमा रहेका दुबै अभियुक्तसंग आवश्यक कार्वाही र घटनामा थप संगलन ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको छ । अहिले यादवको शव पोष्टमार्टमका लागी पृथ्वी चन्द्र अस्पताल परासी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।