arrow

जसले आफुलाई आक्रमण गर्न आएको चितुवालाई मारे

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
chita.JPG

लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आइतबार बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । 

 बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । 

थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो ।  भिडन्तमा थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । 

अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ । 

मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐनअनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने । 



लोकप्रिय समाचार
नयाँ