नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आइतबार गाउँपालिकाका अध्यक्षसहित थप २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
परासीस्थित पृथ्वी चन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएकोमा पाल्हिनन्दन गाउँपालिकाका प्रमुखसहित अन्य समुदायस्तरका स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख गौरव ढकालले जानकारी दिए ।
अहिले अस्पताल सहित गाउँपालिका कार्यालय पनि सिल गर्ने तयारी भइरहेको छ ।