arrow

उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण पुष्टि

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
corona-test-kit.jpg

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उन गाउँपालिकामा कोरोना  रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र  संक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आएकी थिइन् ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा  समस्या देखिएपछि स्वाब परीक्षण भएको र  नतिजा पोजेजिभ  आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहनुभएको बताइएको छ  । “ स्वास्थ्यमा खासै समस्या नरहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितर गाउँपालिकाको काममा फर्किने छु । ”उनले  भनिन् ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा  कोरोनाको संक्रमण देखिएको थियो ।  जिल्लामा अहिले दुई जना सक्रिय कोरोना संक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
नयाँ