arrow

तानसेन घरमै बसेकी महिलामा देखियो कोरोना

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
covid-test-positive-corona.jpg

पाल्पा । पाल्पामा घरमै बसेकी थप एक महिलामा कोरोना संक्रमण भएको छ । पाल्पा तानसेन मदनपोखराकी घरमै बसेकी महिलामा आइतवारको रिपोर्टमा कोरोनाको संक्रमण भेटिएको हो ।

विरामी भएर लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि आएकी महिलामा लक्षण देखिएर स्वाव पठाइएकोमा आइतवार पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

उनको ट्राभल हिस्ट्री पत्ता लगाइ थप अनुसन्धान गरिने पन्थीले बताए । यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ आएको थियो ।

पाल्पामा अहिलेसम्म ५ सय ६६ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये ५६४ जना भारत बाट आएका हुन् भने २ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यू भएको छ भने ५६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।



लोकप्रिय समाचार
नयाँ