arrow

रुपन्देहीमा निषेधाज्ञा थपिदै

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ ७ आइतबार
rupandehi2.jpg

 रुपन्देही । गत साउन २९ गते देखि बुटवल उप–महानगरपालिकाले भदौ ५ गते सम्म गरेको लकडाउन सकिए पनि तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गते देखि ७ गते सम्म निषेधाज्ञा जारी गरेको थियो । जसको समयसिमा आर्ईतवार (आज) राती १२ वजे सकिने लागेको छ । 

तर रुपन्देहीमा पछिल्लो समय कोरोना भाईरसको संक्रमण दर तिव्र रुपमा वढ्दै गएकाले आईतवार (आज) थप एक साता सम्मको लागी निषेधाज्ञाको अवधि वढाईएको छ । कोरोना संक्रमितहरुको संख्या दिनप्रति दिन वढ्दै जानु र जिल्लामा रहेको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा आईसियु वेड र आईसोलेसन वेडहरु भरिन थालेपछि थप जोखिम बढेको भन्दै कडाईका साथ थप लकडाउनलाई निरन्तरता दिनु परेको साताका लागि बढाईएको जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि)ले वताएको छ ।

सिएमसिसिका अनुसार अहिले थप गरिएको निषेधाज्ञालाई भने जिल्लाका रहेका १६ वटा पालिकाहरुमा कडाईका साथ कार्यान्वयन हुने गरि निर्णय गरिएको वताईएको छ । आईतवार बुटवलमा जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिएमसिसि)को बैठकले कोरोना भाईरस महामारीलाई नियन्त्रणमा ल्याउन लकडाउन प्रभावकारी माध्यम भएको निष्कर्ष निकाल्दै थप समयावधि बढाउने निर्णय गरिएको सिएमसिसिका एक सदस्यले जनाएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेश पन्थको अध्यक्षता तथा प्रदेश नं.५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि रुपन्देहीका विभिन्न पालिकाहरु र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ–आफ्नै तवरले निषेधाज्ञा गर्ने निर्णय गरेका थिए । भदौ १४ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरिएको तर यसपटक भने सबैले एक रुपताका साथ निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताएका छन् ।

वैठकलले लकडाउनको समयावधि भित्र अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य कुनै पनि सवारी सञ्चालन, पसल खोल्न र हिडडुल गर्न समेत निषेध गरिएको जनाउँदै, यसपटकको लकडाउन भने अन्य भन्दा कडाईका साथ गरिने सिएमसिसिले जानकारी दिएको छ । 

संघिय सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसिको बैठकमा समेत प्रदेश–५ का अन्र्तगत रुपन्देही, नेपालगन्ज र बिरगंजलाई कोरोना भाईरसको उच्च जोखिम रहेको भन्दै थप सजगता अपनाउनु पर्ने भन्दै छलफल समेत भएको बुझिएको छ । तर सिएमसिसिले विज्ञप्ती भने केही वेरमा जारी गरिने वताईएको छ ।

केहि दिन यता रुपन्देहीका विभिन्न पालिकाहरु भन्दा सवैभन्दा धेरै बुटवलका बिभिन्न स्थानमा गरिएको परिक्षणमा बुटवलमा मात्रै १ सय २७ जना तथा जिल्लामा ६ सय ३१ जना भन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।



लोकप्रिय समाचार
नयाँ