arrow

दुइ दिन देखि वीर अस्पतालकाे इमर्जेन्सीमा विरामी, पन्जाकाे अभावले विरामी हेर्नै गाह्राे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ७ आइतबार
bir-hospital.jpg.jpeg

काठमाडौं । वीर अस्पतालमा पर्सन प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीइ) नहुँदा विरामीको हेरचाहमा समस्या उत्पन्न भएको छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिब १२ अर्ब रुपैयाँ खर्च भइरहेको विवरण सार्वजनिक गरिरहेका बेला सरकारी अस्पताल वीर अस्पतालमै स्वास्थकर्मीलाई पीपीई उपलब्ध गराइएको छैन।

आइतबार मात्रै पीपीईको अभावमा वीर अस्पतालको इमर्जेन्सी कक्षमा विरामी हेर्न नपाएको त्यहाँ कार्यरत स्वास्थकर्मीले गुनासो गरेका छन्। ‘पन्जा नपाएर वीर अस्पतालको इमर्जेन्सीमा  स्वास्थकर्मीले विरामी समेत हेर्न पाएका छैनन्’ त्यहाँ कार्यरत एक स्वास्थकर्मीले भने, ‘सँगै कार्यरत स्वास्थकर्मी कोरोनाप पुष्टि भइसक्दा अरुको परिक्षण गरिएको छैन।’

पन्जाकाे अभाव भएकाे भन्दै इमर्जेन्सीबाट स्टाेरमा सम्पर्क गर्दा स्टाेरले अहिले पन्जा नभएकाे र भएपछि उपलब्ध गराउने जवाफ दिएकाे त्यहाँ कार्यरत ती स्वास्थकर्मीकाे भनाइ छ। शनिबार देखि इमर्जेन्सीमा रहेका विरामीलाइ पन्जाकै अभावमा हेर्न नसकिएकाे स्वास्थकर्मीकाे भनाइ छ।

तर, वीर अस्पतालका  निर्देशक डा. केदार सेन्चुरी भने कर्मचारीकाे एउटा सानाे गुटमा लागेर स्वास्थकर्मीका समस्याप्रति चासाे नै निदएकाे त्यहाँ कार्यरत स्वास्थकर्मीकाे गुनासाे छ। वीर अस्पतालकाे इमर्जेनसी कक्षमा सेन्चुरी नगएकाे करिब ५ महिना नै पुगिसकेकाे कर्मचारीकाे गुनासाे छ।

वीर अस्पतालले स्वास्थकर्मीले पाउने तलब पनि सबैले पाएका छैनन्। ट्रमा सेन्टरले चैत महिनाकाे जाेखिम भत्ता समेत निकासा गरिसकेका बेला वीर अस्पतालले तलब नै नदिनु लाजकाे विषय भएकाे बताइएकाे छ। अहिले वीर अस्पतालमा २ जना स्वास्थकर्मीको आइसीयुमा राखेर उपचार भइरहेको छ।

पछिल्लो समय स्वास्थकर्मीमाथि समाजबाट छरछिमेकमा आउन नदिने, डेरामा बस्न नदिने लगायतका अमानवीय व्यवहार भइरहेका छन्। त्यसै समय अस्पताल प्रशासन र सरकार तर्फबाट पाउने सेवा सुविधा समेत नपाउँदा स्वास्थकर्मीलाई का मगर्ने वातावण नभएको अनुभुति हुन थालेका गुनासाहरु आउन थालेका छन्।



लोकप्रिय समाचार
नयाँ