काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पतालले गराएको जानकारी अनुसार ६७ वर्षीया महिला र ३८ वर्षीय पुरुषको गरी २ जनाको ज्यान आइतबार दिउँसो गएको हो ।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर १ निवासी ६७ वर्षीय महिला गत साउन ३१ गते अस्पताल भर्ना भएकी थिइन् । स्वास प्रश्वासमा समस्या, दीर्घ रोगी, प्रेसर रर मृगौलाकी समेत विरामी रहेकी अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै रुपन्देहीको समराई गाउँपालिका वडा नम्बर २ निवासी ३८ वर्षीय पुरुष गत १ भदौमा भनाए भनाई श्वास प्रश्वासमा समस्या देखिएको र उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जानकारी गराएको छ ।