arrow

नवलपरासी पश्चिममा डेढ लाख बराबरको अवैध केराउ बरामद

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ भदौ ७ आइतबार
nawalparasi_(2).jpg

नवलपरासी । इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी पश्चिमले बसहिया नाकाबाट आइतबार ५ साईकलसहित १ लाख ४६ हजार रुपैया मुल्य बराबरको अबैध हरियो मटर  बरामद गरेको छ ।

 नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको हरियो केराउ  बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख खुमान्नद पाण्डेले जानकारी दिए ।

 इलाका प्रहरी बेलाटारी र बसहिया प्रहरी चौकी बाट खटिएको गस्ती टोलीलाई देखेर तस्करहरूले साइकल सहित ६८ बोरा २५ / २५ केजी को १७ क्विन्टल हरियो मटर ( केराउ ) छाडी भागेको प्रहरीले जनाएको छ । 

अहिले हरियो मटरलाई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ