arrow

रामपुरमा २ सहित पाल्पामा ३ जनामा कोरोना पोजेटिभ

logo
सीता डोटेल,
प्रकाशित २०७७ भदौ ७ आइतबार
corona-test-kit.jpg

रामपुर पाल्पा । पाल्पामा आइतबार ३ जनामा कोरोना संक्रमण भएको पाइएको छ । रामपुरका २ जना र तानसेन मदनपोखराकी एक महिलामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

रामपुर नगरपालिका वडा नम्बर ६ र ९ का पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । वडा नम्बर ६ का २४ बर्षका र ९ का ४५ बर्षका पुरुषमा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थ ढुंगानाले जानकारी दिनुभयो । 

उनीहरु मध्य २४ बर्षे युवा पछिल्लो समय भारतबाट आएका हुन् भने अर्का व्यक्ति कपिलबस्तु घरबाट आएका हुन् । एकहप्ता अघि नगरपालिकाले नगरका १ सय ८५ जनाको पिसिआर स्वाब संकलन गरेको थियो । ती मध्य आइतबार १६ जनाको रिपोर्ट आएको हो । २ जनाको पोजेटिभ र १४ जनाको नेगेटिभ आएको हो । ३ दिन अघि अन्यको नेगेटिभ रिपोर्ट आएको थियो । 

यसैबिच तानसेन मदनपोखराकी घरमै बसेकी महिलामा कोरोनाको संक्रमण भेटिएको हो । विरामी भएर लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि आएकी महिलामा लक्षण देखिएर स्वाव पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको हो । उहाँको ट्राभल हिस्ट्री पत्ता लगाइ थप अनुसन्धान गरिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ आएको थियो ।

पाल्पामा अहिलेसम्म ५ सय ६८ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये ५६५ जना भारत बाट आएका हुन् भने २ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यू भएको छ भने ५६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।



लोकप्रिय समाचार
नयाँ