काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित ८ सय १८ जना भेटिएका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको उक्त सँख्या भेटिएकाे हो ।
योसँगै नेपालमा कुल संक्रमितको सँख्या ३१ ह्जार ९ सय ३५ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गराएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमित भएर निको हुनेको सँख्या १८ हजार ६ सय ३१ जना रहेको छ ।
गम्भीर विरामी कति?
प्रवक्ता गौतमका अनुसार सक्रिय करिब १२ हजार संक्रमित मध्ये करिब डेढ सय जना कोरोना संक्रमणका गम्भीर विरामी रहेका छन् ।
मन्त्रालयका प्रवक्ता गौतमले आइतबार गराएको जानकारी अनुसार विभिन्न अस्पालतमा गरी कुल १ सय ३७ जनाको आइसीयुमा उपचार भइरहेको छ ।
त्यस्तै बागमति प्रदेशका विभिन्न अस्पतलामा १० जनाको उपभार भेन्टिलेटरमा राखेर भइरहेको छ । आइसीयु र भेन्टिलेटरमा राखेर उपभार भइरहेका विरामी तुलनात्मक रुपमा गम्भीर विरामी मानिनछन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सँख्या १ सय ४९ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।