arrow

कोरोना कहरले विश्व पर्यटनको केन्द्र लुम्बिनी सुनसान, असर बारे सरोकारवालाको चिन्ता

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ ७ आइतबार
lumbini2.jpg

रुपन्देही । विश्वव्यापी फैलिएको कोरोना भाइरसले सबै क्षेत्र प्रभावित भईरहेको बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रर्वधनको लागि स्थानियबासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष संयुक्त रुपमा अगाडी बढ्ने भएका छन् । 

लुम्बिनी विकास कोषको सभाहलमा आईतवार (आज) आयोजित छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचर्यले लुम्बिनी विकास कोषले पर्यटन प्रर्वधनमा गर्ने हरेक गतिविधिमा स्थानियहरुले सक्रियता पुर्वक साथ दिन तयार भएको बताएका छन् ।

लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणी शर्माले लुम्बिनीको विकासमा स्थानिय होटल व्यवसायीहरु सधैं मिलेर अगाडी बढ्न तयार भएको बताए । छलफलमा लुम्बिनी बिकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारी बाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानियबासी, पर्यटन व्यवसायी संग लुम्बिनी बिकाष कोष सधैं सहकार्य गरेर हिड्न तयार रहेको भनाई रहेको छ । 

यसैविच उक्त छलफलमा प्रदेश सांसद फकरुद्धिन खाँनले स्थानियहरुको सहकार्य मार्फत् नै लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । विकाष कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले लुम्बिनी वरिपरिको विकाष दीर्घकालिन विकास लक्ष्य सहित अगाडी बढेको जिकिर गरे । 

छलफलमा सहभागी सरोकारवालाहरुले कोरोना भाईरसले लुम्बिनीमा पारेको असर बारे चिन्ता व्यक्त गरेका थिए ।
यस्तै अग्रज पत्रकार हिम बिस्टले कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला लुम्बिनीमा त्यसको परेको असरले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी पनि प्रभावित भएको बताउँदै कोषको सहकार्य जरुरी रहेको सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
नयाँ