arrow

काठमाडौंमा खाद्यान्न खरिद विक्रीको समय तोकियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ७ आइतबार
CDO-ktm.jpeg

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले खाद्यान्न लगायतका वस्तु खरिद विक्रीको समय तोकेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जारी गरेको सूचना अनुसार काठमाडौंमा सवा ९ बजेसम्म खाद्यान्न लगायतका वस्तु खरिद विक्री गर्न पाउने भएको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार औषधि, पानी, स्वास्थ सामाग्रीका सामान जुनसुकै समयमा अरिद विक्री तथा ओसार पसार गर्न पाइने भएपनि खाद्यजन्य वस्तुहरु दुध, तरकारी, फलफुल, माछा, मासु आदि बिहान सवा ९ बजेसम्म खरिद विक्री गर्न पाइने उल्लेख गरिएको छ।

सूचनामा खाद्यान्न लगायताक वस्तु खरिद विक्री गर्दा मास्क लगाउने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्ने लगायतका स्वास्थका मापदण्ड अनिवार्य अपनाउन सूचनामा भनिएको छ।



लोकप्रिय समाचार
नयाँ