पाँचथर । युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पाँचथरको मिक्लाजुङ गाउँपालिकाका एक अधवैशे ब्यक्तिको आईतबार मुद्धा दर्ता गरिएको छ ।
२० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा पक्राउ परेका ५३ वर्षीय शरदकुमार राईलाई मुद्धा दर्ता गरी अनुन्सन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानले बताए ।
उनलाई जिल्ला अदालत पाँचथरले ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि वढाई राखिएको उनले बताए ।
गत शुक्रबार घरछेउकै एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा उनलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।
पीडित ती युवतीले इलाका प्रहरी कार्यालय रविमा जाहेरी दिएकी थिइन् ।