काठमाडौं । कमेडी गरेर दुनियाँलाई हँसाउने हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला आफू भने अलि चिन्तामा छिन् । उनी आफैले बोलेको कुरा विवादित भएपछि उनलाई केही तनाव छ ।
उनले आफ्नो जन्मदिन पनि सहजै मनाउन पाइनन् । तनावबीच उनले जन्मदिन फरक ढंगले मनाइन् । जन्मदिनका दिन उनी भावुकरूपमा फेसबुकमा देखिइन् । उनी दर्शकसँग दुई हात जोडेर माफी माग्दै गरेको देखिइन् ।
एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘महानायक हुनुहुन्छ र ?’ भनेका कारण विवादमा परेकी उनले सोही प्रसंगमा दर्शकसँग माफी मागेकी हुन् ।
उनले ७ मिनेट २५ सेकेन्ड लामो भिडियो सन्देशमा बोल्दै समस्याबाट भाग्नुभन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो हुने भन्दै आफ्नो फेसबुक अकाउन्टमा भिडियो सन्देश पोस्ट गरेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छिन्, ‘नमस्कार, आज भाद्र ७ गते, मेरो जन्मदिन, धेरै दिनदेखि तपाईहरूबाट अलि टाढा थिएँ, त्यसैले केहि मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकि छु, आज गते पनि ७ ,तपाइहरू संग पनि सातै मिनेट मागेँ है ?’