arrow

अनलाइन तीज नृत्यको उपाधि अनुशा राउतलाई

logo
कौरव खत्री, 
प्रकाशित २०७७ भदौ ८ सोमबार
anusha-raut-teej-geet-champ.jpg

गुल्मी । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तिज नृत्य प्रतियोगिताको विजेता घोषणा गरिएको छ ।

आइतवार फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार एकल तिज नृत्य प्रतियोगिताको प्रतिस्पर्धाबाट उत्कृष्ट बन्दै अष्ट्रेलियन सात सय ५० डलर अर्थात नेपाली नगद रु.६३ हजार र सम्मान पत्र सहित नेपाल इटहरीकी अनुशा राउतले प्रथम पुरस्कार हात पारिन् । 

त्यस्तै नेपाल मोरङ्गकी सोनी गुरुङ्गले अष्ट्रेलियन पाँच सय डलर,नेपाली नगद रु.४२ हजार,५सय र सम्मान पत्र सहित द्धितीय पुरसकार हात पारिकी छन् । भने नेपाल बनेपाकी रुपा लामाले अष्ट्रेलियन  दुई सय ५० डलर,नेपाली नगद रु.२१ हजार र सम्मान पत्र सहित तृतीय पुरस्कार हात पारेकी छन् ।

त्यस्तै अनलाइन एकल नृत्य प्रतियोगितामा भाग लिएर दश उत्कृष्ट  प्रतियोगि छनोट भएका ७ जना कलाकारहरुलाई प्रतिकलाकार अष्ट्रेलियन ५०डलर, अर्थात नेपाली नगद रु.४हजारका  दरले पुरस्कृत गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

साथै प्रतियोगिताको लागि सामाजिक सञ्जाल अर्थात फेसबुकको लाइक,शेयर,कमेन्ट,भ्यूज बापत ३० अंक र निर्णायक मण्डलको ७० अंक सहित गरि १सय अंकलाई मूल्याङ्कनको आधार बनाई प्रतियोगी कलाकारहरुको विजेता छनोट गरिएको हो ।

त्यस्तै प्रतियोगितामा नेपालका अनुशा राउत,मेलिना तामाङ्ग,नमिता तामाङ्ग,रुपा लामा,सोनी गुरुङ्ग र समिक्षा भट्टराई तथा अष्ट्रेलियाबाट दिव्या भट्टराई,पे्ररना खड्का,प्रिति सापकोटा र न्यूजिल्याण्डबाट अस्मिता श्रेष्ठ  सहित उत्कृष्ट दश प्रतियोगी कलाकारहरु बीचको अन्तिम प्रतिस्पर्धाबाट प्रतियोगीहरु छनोट भएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका  सचिव प्रकाश अर्यालले जानकारी दिए ।

त्यस्तै निर्णायक मण्डलको रुपमा बरिष्ठ कलाकार बोम बहादुर कार्की,राष्ट्रिय कलाकार मञ्जु पौडेल,सायद श्रेष्ठ,कृति खनाल,विदुर शिवाकोटीले भूमिका निर्वाह गरेका थिए । तिज नृत्य प्रतियोगितामा विशेष गरि तिजको पुरानो मौलिकपन र कला संस्कृति बोकेको नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कोभिड १९को प्रभावले विभिन्न ठाँउमा जमघट र भेला गरेर तिज कार्यक्रम गर्ने अवस्था नहुदा यसरी पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए । 

त्यस्तै हाम्रो पुरानो मौलिकता जोगाउन र कला संस्कृतिलाई संरक्षण प्रर्वद्धन   विकास गर्नका लागि पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

गत साउन ३१ गतेदेखि शुरु भएको अनलाइन प्रतियोगिता दुई चरणमा सञ्चालन गरि ऋषिपञ्चमीको अवसरमा विजेता घोषणा गरिएको थियो । प्रतियोगिताको विजेता घोषणाको कार्यक्रम  सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाकी सह सचिव बर्षा भण्डारीले गरेकी थिइन् ।



लोकप्रिय समाचार
नयाँ