arrow

सुनको मूल्यमा लगातार दोस्रो दिन गिरावट, कति पुग्यो?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ८ सोमबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन ओरालो लागेको छ ।

आइतबार ४ सय रुपैयाँ प्रतितोलाका दरले घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कामय भएको छ ।

महासंघका अनुसार साेमबार तेजावीको सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आइतबार प्रतितोला २५ रुपैयाँले घट्दै १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार पनि २५ रुपैयाँ गिरावट आएर चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ रहेको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँ तथा चाँदीको मूल्य प्रतितोला १ हाजर ३ सय ७० रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
नयाँ