arrow

जुगलको लिदीमा रोटरीद्धारा मानवीय सेवाको यात्रा 

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
jugal-pahiro1.jpg

काठमाडौं । सिन्धुपाल्चोकको जुगलस्थित लिदीमा गएको पहिरोमा परी बाँच्न सफलहरुका लागि रोटरी सिन्धुपाल्चोकले सहयोग गरेको छ । रोटरीले हालै पहिरोबाट पीडित लिदीमा यात्रा गर्ने अवसर मिलेको भन्दै त्यहाँ पुगेर सहयोग गरेको जनाएको छ । 

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका रोटरियन राजिब पोख्रेल, रोटरी क्लब भादगाँउका अध्यक्ष प्रकाश थापा, पूर्व अध्यक्ष तुल कँडेल, सिन्धुपाल्चोक मेलम्चीका समाजसेवी सागर श्रेष्ठ र अधिवक्ता मनोजकुमार कँडेलसहितको टोली मानवीय सामग्रीसहित पुगेको थियो । 

३९ जनाको ज्यान लिएको उक्त पहिरोबाट घरबारविहिन ३८ परिवारको अवस्था दयनीय भएकाले ५० हजार मुल्य बराबरको २५ किलोको सामग्री प्रत्येक परिवारलाई दिइएको जनाइएको छ । 

यस बक्सको साथमा हामीले प्रत्येक परिबारलाई आबश्यक मास्क, नुहाउने र लुगाधुने साबुन, केही खानेकुराहरु र महिलाहरुको लागी अति आबश्यक “सेनेटेरी प्याड बक्स” (जहाँ साबुनदेखि आबश्यक भित्री कपडाहरु समेत गरि सबै पूर्ण सेट नै हुन्छ) समेत लिएर अति विकट भएकोले हेलिकप्टर चार्टर गरेर १२० किलो समान हेलिकप्टरमा र बाटोबाट ४० वटा “रोटरी अक्वा बक्स”सहित पुगेको हो ।

नेपाली कांग्रेसका युवाहरुको विशेष पहलमा भएको यो “रोटरी अक्वा बक्स”वितरणबाट घरबार गुमेका सबै परिबारले आबश्यक सम्पूर्ण समानहरु प्राप्त गर्न सफल भएको बताइएको छ । 
 



लोकप्रिय समाचार
नयाँ