arrow

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पनेरु पक्राउ

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ ८ सोमबार
pakrau-jail.jpg

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका ३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट फेला पारी पक्राउ गरेको  हो । 

पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ