काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विभागका प्रवक्ता रविन्द्र आचार्यका अनुसार एक जना करिब ५० वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
करिब एक हप्ता अघि ती पुरुषलाई कोरोनास संक्रमण पुष्टि भएपछि विभागका अन्य कर्मचारीको पनि कोरोना परिक्षण गरिएको थियो ।
अन्य सबै कर्मचारीको कोरोना परिक्षणको रिपोर्ट नेगेभिट आएको प्रवक्ता आचार्यले बताए ।