arrow

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ पुरुष र ३ जना महिला गरी ८ जनाको ज्यान गएको हो ।

गौतमका अनुसार सुनसरीमा १ जना ६८ वर्षीय पुरुष, मोरङका एक जना ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीय महिला, काठमाडौंमा ४८ वर्षीया महिला तथा रुपन्देहीका ६७ वर्षीय महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी ८ जनाको ज्यान गएको हो ।

ज्यान जानेको उक्त सँख्यासँगै नेपालमा कुल मृत्यु हुनेको सँख्या १ सय ५७ जना पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप ७ सय ४३ जना थप संक्रमित

त्यसैगरी मुलुकभरि पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मात्रै २ सय २४ जना नयाँ संक्रमित थपिएका डा. गौतमले बताए ।

काठमाडौंमा १ सय ७७ जना ललितपुमा ३३ जना र भक्तपुरमा १४ जना नयाँ संक्रमित भेटिएका हुन् ।

प्रवक्ता गौतमले सोमबारसम्म विभिन्न प्रदेशमा गरी १ सय ३८ जना कोरोना संक्रमितको आइसीयुमा राखेर उपचार भइरहेको बताए ।
 



लोकप्रिय समाचार
नयाँ