काठमाडौं। गुलेलीमा फुल राखि तिमिलाई हानौकी भन्दै नाजिर हुसेनको वदमास कम्पनी जेबिका कार्कीलाई टुनामुना लगाउन लागिपरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तारा अधिकारीको रचना र दिपक शर्माको संगीतमा मेलिना राई र किरण भुजेलको मादक स्वरमा स्वरबद्ध गीतमा नाजिर र हुसेन टुनामुना लगाउन मस्त देखिएका छन्।
राजिव समरको कोरियाग्राफी र शान थापाको निर्देशनमा मस्त देखिएको वदमास कम्पनी गुलेलीले हानेको मन्तरमै रमाएका छन्।
म्युजिक भिडियोसँगै चलचित्रहरुमा अभिनय गर्दै आएकी जेविका यो म्युजिक भिडियोमा पनि आफ्नो नृत्य र अभिनयमा उत्कृष्ट देखिएकी छिन् ।
चलचित्रमा खासगरि तराई मूलको कलाकारको भूमिकामा उत्कृष्ट अभिनय पस्कदै आएका नाजिरको पनि तराई मधेशको यूवाको भूमिकामा आफूलाई खरो रुपमा प्रस्तुत गरेका छन् ।
नेपाल आइडल सिजन ३को प्रतिष्पर्धी किरण भुजेलले आफ्नो अवार सम्भावनालाई गीतमा प्रकट गरेका छन् । समग्रमा मेलोडीयस रहेको गीत अभिनयका कारण हेर्ने गीत भएको छ ।