रौतहट । रौतहटको चन्द्रपुर नगरपालिमा रहेको चन्द्रपुर हस्पिटल प्रालीमा यहि भाद्र ६ गते मृत्यु भएका एक ब्यक्तिको कोरोना रेपोर्ट नेगेटिभ आएको छ । कोरोनासंग मिल्दो लक्षण देखिएका चन्द्रपुर—२ जुडिबेलाका २७ बर्षिय केदार राइको मृत्यु भएपछि स्थानिय र हस्पिटल कर्मचारीमा त्रास उत्पन्न भएको थियो ।
केही दिन अगाडीदेखि ज्वरो आउने र हल्का रुघाखाकी लागेका मृतक राई आफैं हस्पिटल आएका थिए । मृतक राई पेट दुखेको भन्दै चन्द्रपुर हस्पिटल आएको हस्पिटलका प्रमुख डाक्टर सुभाष चौधरीले जानकारी दिए ।
मृतक युवकको रिपोर्ट नेगेटिभ आएपछि स्थानीयसँगै हस्पिटलका स्वास्थकर्मी देखि कर्मचारी त्रासमुक्त बनेका छन । बिहान खासै अस्वस्थ नदेखिएका ती ब्यक्तिको अचानक मृत्यु भएपछि स्थानियले कोरोनाको आशंका गरेका थिए ।
मृतकको पिसावमा खरावी र टाइफाइड भएको चन्द्रपुर अस्पतालको रिपोर्टमा देखिए अनुसार नै युवकको मृत्यु भएको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ ।