रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ ।
कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।
पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।
कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेका अवस्थामा संक्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताए ।
उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनाान अन्य स्वास्थ्य समस्या आएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।