काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण सोमबार ७४३ जनामा देखिएकाो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा १० हजार २३४ परीक्षण गरिएकोमा ७४३ जनामा संक्रमण देखिएको बताए ।
तिमध्ये महिला २४६ र पुरुष ४९७ जना रहनु भएको छ ।
अहिलेसम्म नेपालमा ३२ हजार ६७८ जनामा कोरोना संक्रमण भइसकेको छ । यसैगरी सोमबार १७५ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । अहिलेसम्म १८ हजार ८०६ जना संक्रमण जितेर घर फर्किसकेको उनले जानकारी दिए ।
निको हुने दर ५८ प्रतिशत रहेको छ । यसैगरी संक्रमितमध्ये १३८ जना सघन उपचार कक्ष (आइसियु)मा र १५ जना भेन्टिलेटरमा उपचार गरारहेका छन्।
यस्तै काठमाडौ उपत्यकामा २२४ जनामा संक्रमण भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना सोमबार देखिएका नयाँ संक्रमित हुन ।
यसैगरी ५०० भन्दा बढी संक्रमित भएका जिल्ला सात वटा रहेका छन । उनका अनुसार ती जिल्लामा मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही, बारा, र काठमाडौ रहेका छन् । यस्तै दुई जिल्ला मुस्ताङ र हुम्ला संक्रमण मुक्त भएका छन ।
यस्तै सक्रिय सङक्रमित १३ हजार ७१५ रहेका छन भने आइसोलेसनमा नौ हजार १५४ जना र होमआइसोलेसनमा चार हजार ५६२ जना रहेका छन ।