काठमाडौं । गत आर्थिक वर्ष २०७६/ ०७७मा नेपालका पौनै खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
भित्रिएको उक्त रेमिट्यान्स अघिल्लो आर्थिक वर्ष २०७५/ ०७६को तुलनामा शुन्य दशमलव ५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
गत आर्थिक वर्षको अन्तिम चौमासिकयता विश्वव्यापी रुपमा कोरोना फैलिएपछि त्यसको असरस्वरुप नेपालमा भित्रिने रेमिट्यान्समा उल्लेख्य कमी धेरैको अनुमान रहेको थियो ।