arrow

३२ हजार ऋणीले लिए सहुलियतपूर्ण पुनरकर्जा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ८ सोमबार
lender-loan.jpg

काठमाडौं । गत आर्थिक वर्ष २०७६, ०७७मा नेपाल सरकारले दिने सहुलियतपूर्ण पुनरकर्जा सेवा ३२ ऋणीले लिएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार ३२ हजार ४ सय ४८ ऋणीले उक्त सेवा लिएका हुन् ।

ऋणीको उक्त सँख्यामध्ये २४ हजार ७ सय ६३ ऋणीले कृषि तथा पशुपन्छि व्यवसाय कर्जा र ७ हजार ६ सय ८५ ऋणीले अन्य शिर्षकमा सहुलियतपूर्ण कर्जा लिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


राष्ट्र बैंकका अनुसार ५४ अर्ब ११ करोड रुपैयाँ कृषि तथा पशुपञ्छि व्यवसाय कर्जामा र ५ अर्ब ४५ करोड रुपैयाँ अन्य शिर्षकमा गरी कुल ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ ।



लोकप्रिय समाचार
नयाँ