काठमाडौं । भारतको महाराष्ट्रमा एक पाँच तल्ले भवन भत्किँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढमा सोमबार साँझ भवन भत्किँदा दुई जनाको मृत्यु हुँदा दर्जन बढी घाइते भएका छन् ।
उद्दार कार्य जारी रहँदा अझै १८ जना बेपत्ता रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ । भवनमा ७० जनाको हाराहारीमा रहेकामा अन्यको उद्दार भएको छ ।
राति भएका कारण उद्दारमा समस्या आएको थियो ।
मुख्यमन्त्री उद्धव ठाकरेले बचाउको कार्यलाई तीव्र पार्न निर्देशन दिएका छन् । करिब १० वर्ष पुरानो यो भवनमा ५० परिवार बस्दथे ।
घटना हुनुभन्दा एक घण्टा अगाडि उक्त भवन हल्लिएको थियो । हल्लिन थाल्दै ७० जना भागेका थिए ।
उक्त भवन निर्माणमा गम्भीर त्रुटि भएको आरोप लागेको छ ।