arrow

तेस्रो दिन पनि घट्यो सुनको मूल्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । आइतबार ४ सय रुपैयाँ र सोमबार ५ रुपैयाँ प्रतितोलाका दरले घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सोमबार उक्त मूल्य ९७ हजार ९ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य स्थिर

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने स्थिर छ ।

सोमबार प्रतितोला २५ रुपैयाँका दरले गिरावट भएर १३ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार स्थिर छ ।

यसअघि आइतबार २५ रुपैयाँले गिरावट आएर चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ रहेको थियो।

शुक्रबार चाँदीको कारोबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ दरले भएको थियो ।



लोकप्रिय समाचार
नयाँ