कालिकोट । नेपाली चलचित्र नायक पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा हालै गएको बाढी पहिरोका पीडित परिवारलाई सहयोग गरेको छ ।
पीडित ४० परिवारलाई एक घर बराबर एक बोरा चामल ,सिरक डसना , दुई लिटर तेल, ब्रस मन्जन , हाते रुमाल , दुई पाकेट नून र दुई पाकेट मस्यौरा वितरण गरिएको हो ।
उक्त सहयोगका लागि भावना शाही , मिलन कुमार, वीरेन्द्र केसी ,अनिल बोगटी लगायतको समन्वय रहेको बताइएको छ ।
मंगलबार माहाबै गाउँपालिकाका तीन घरधुरीलाई सहयोग गर्ने कार्यक्रम रहेको भावना शाहीले जानकारी दिइन् ।