कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस (कोभिड १९) का थप २० जना संक्रमित थपिएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १०६५ पुगेको छ ।
पछिल्लो पटक देखिएका २० संक्रमित बुद्धपदम माविमा संकलन गरिएका १७३ नमूनामध्येका हुन् । त्यहाँ गत भदौ ३ गते परीक्षण गरिएको स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ ।