arrow

भेरी अस्पतालका फिजिसियन डा पाण्डे पनि कोरोना संक्रमित 

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ भदौ ९ मंगलबार
dr-rajan-pandey-sanket-risa.jpg

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । डा पाण्डेले आफूलाई संक्रमण भएको फेसबुकमार्फत् पुष्टि गरेका हुन् । 

कोभिड १९ का बिरामीको उपचारमा खटिँदै आएका डा पाण्डेले गत एक हप्ताभित्र आफ्नो सम्पर्कमा आएका सबैलाई पिसिआर परिक्षण गराउन आग्रह गरेका छन् । उनले स्वास्थ्य लाभपछि प्लाज्मा डोनेट गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

रुघाखोकी र ज्वरो आएपछि उनले स्वाब परिक्षण गराएका थिए । यसअघि सोमबार पनि भेरी अस्पतालमै कार्यरत फिजिसियन डा संकेत रिसाललाई पनि कोरोना संक्रमण भएको थियो । 

उच्च ज्वरो आएपछि उनले पिसिआर परिक्षण गरेका थिए । भेरी अस्पतालका कोभिड १९ फोकल पर्सन उनी पनि कोरोना संक्रमितहरुको उपचारमा क्रियाशील थिए । 



लोकप्रिय समाचार
नयाँ