arrow

प्रधानमन्त्री ओलीका सल्लाहकार राजन भट्टराईले चुनावअघि चीनबाट रकम लिएको खुलासा

भट्टराईकै कारण इपीजीको रिपोर्ट विवादमा

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
rajan_bhattrai-china-connec.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघी चीनबाट रकम लिएको खुलासा भएको छ।

२०७४ असोज ३१ गते उनले चिनियाँ दुतावासबाट रकम लिइएको खुलेको हो । मंसिरमा हुने चुनावको करिब ३५ दिन अघी उनले चिनियाँ दुतावासबाट नेपाल भारत सम्बन्धको अनुसन्धानका लागि भन्दै रकम लिएका हुन् । अनुसन्धानका लागि भन्दै चिनियाँ दुतावासले उनलाई चुनावी खर्चको रुपमा रकम दिएको पाइएको हो । रकम लिएको दस्तावेजमा भट्टराई आफैले हस्ताक्षर गरेका छन् । दुई पृष्ठको दस्तावेजमा भट्टराईले दुवै पेजमा हस्ताक्षर गरेका छन् भने पारिवारिक रुपमा संचालिन उनको संस्थाको कार्यकारी भूमिकामा उनकी श्रीमतीको नाम समेत उल्लेख छ ।  

काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लडेका भट्टराईले १५ लाख नेपाली रुपैयाँ (झण्डै १० हजार ५ सय युरो) काठमाडौंस्थित चिनियाँ दूतावासबाट लिएको खुलासा भएको हो । उनले नेपाल–भारत सम्बन्धको अनुसन्धानका लागि भन्दै रकम लिइएको खुलासा भएको हो । भट्टराई उक्त समयमा नेपाल भारतबीचको वार्ताका लागि बनेको प्रवुद्ध समूहका सदस्यसमेत रहेका थिए । 

भट्टराईले चीनको सहयोगमा गरेको कामका लागि सन् २०१७ को अक्टोबर अर्थात २०७४ सालको संसदीय चुनावको एक महिना अघी मात्र लिएको पाइएको हो । चीनले उपलब्ध गराएको उक्त प्रोजेक्टकी प्रोजेक्ट कोअर्डिनेटर भने राजन भट्टराईकै श्रीमती गीता गौतम रहेकी थिइन् । 

भट्टराईलाई चीनले नबिल बैंकको उनको खातामा रकम पठाएको पाइएको छ । यो सम्झौता चिनियाँले ‘विन विन’ को शैलीमा दिएको पनि बताइएको छ । नेपाल भारत सम्बन्ध अध्ययनका लागि चीनले रकम उपलव्ध गराएका बिषयमा हाम्राकुराले भट्टराई दम्पतीलाई पटकपटक बुझ्न फोन सम्पर्क गरेपनि उनीहरु दुवैले फोन उठाएनन् । 

भट्टराईकै कारण एपीजीको प्रतिवेदन पनि अलपत्र
पटक पटक सूचना बेचेको आरोप लाग्दै आएका नेपाल भारत प्रबुद्ध समूह ईपीजीको नेपालतर्फका सदस्य रहेका भट्टराईले नेपाल भारत सम्वन्धका बारेमा अध्ययन गर्न भनेर रकम लिए लगत्तै प्रबुद्ध समुहको प्रतिवेदन पनि विवादमा परेको छ । 

आफ्नो संस्थालाई सहयोग गरेको बदलामा भट्टराईले ईपीजीको केहि आंशिक रिपोर्ट चीनियाँ पक्षलाई बुझाएको स्रोतको ठहर छ । भट्टराईले चिनियाँ दूतावासलाई बुझाएको प्रतिवेदनको केही अंश नेपाल भारत सम्बन्ध पुनरावलोकनका लागि गठित दुवै पक्षका प्रबुद्ध व्यक्तिहरू सम्मिलित कार्यदल ईपीजीको अन्तिम रिपोर्टबाट लिइएको बताइएको छ । 

ईपीजीको रिपोर्टको अंश चीनलाई चुहाएको आशंका पछि भारतले सो रिपोर्ट बुझ्न आनाकानी गरिरहेको इपीजी निकट स्रोतले जनाएको छ । ईपीजीपी,  नेपाल–भारतबीच भएका सम्पूर्ण सन्धि–सम्झौता र सम्बन्ध पुनरावलोकनका लागि सुझाव पेस गर्न दुवै देशका तर्फबाट बनेको प्रबुद्ध समूह हो ।

परराष्ट्र मामिलामा शंकास्पद गतिविधी गर्दै आएका भट्टराईले चीनबाट रकम लिएर चुनाव लडेको भए पनि जनताको विश्वास जित्न नसकेका कारण चुनाव हारे । चुनाव हारे पनि उनी २०७५ कार्तिकतिर प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार भएका थिए । 

विगतमा भारतसँग निकट रहेको मानिएका उनले भारतकै जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए।  



लोकप्रिय समाचार
नयाँ