बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबारदेखि केही युरोपेली देशहरुको भ्रमणमा निस्किएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका हुन्।
उनले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा निस्किएका हुन् ।
उनी यही अगष्ट २५ अर्थात् मंगलबारदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहने जानकारी प्रवक्ता जाओले दिए ।