arrow

पाँचथर मालपोतले उठायो एक करोड पचास लाखभन्दा बढि राजश्व

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
panchthar-district1.png

पाँचथर। मालपोत कार्यालय पाँचथरले एक वर्षको अवधिमा एक करोड पचास लाख रुपैया भन्दा वढि राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष ०७६-०७७ मा १ करोड ७५ लाख ६२ हजार ७ सय ७८ रुपैया राजश्व संकलन गरेको कार्यालय प्रमुख बाबुराम पोखरेलले बताए ।

यस्तै गत आर्थिक वर्ष ०७५-०७६ मा १ करोड ७५ लाख २८ हजार ६ सय रुपैया राजश्व संकलन भएको उनले बताए ।

कोभिड १९ कोरोना भाईरसको कारण भएको लकडाउनको बावजुत पनि अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष ०७६-०७७ मा ३४ हजार १ सय ७८ रुपैया वढि राजश्व संकलन गर्न कार्यालय सफल भएको पोखरेलको भनाई छ । लकडाउनको कारण सेवाग्राही नआएपछि गत ०७६ को वैशाख महिनामा राजश्व शून्य रहेको थियो । उनले भने,“ सवै महिनामा राजश्व संकलन गरियो,तर वैशाख महिनामा भने लकडाउन भएको र सेवाग्राही समेत आउन नसकेको हुँदा राजश्व संकलन हुन सकेन् वाँकी सवै महिनामा राजश्व संकलन भएको थियो ।”

यस्तै संकलन भएको आ.व.०७६-०७७ को राजश्व प्रदेश सरकारलाई ४० प्रतिशत र स्थानिय सरकारलाई ६० प्रतिशत बाँड्फाड गरिने कार्यालय प्रमुख पोख्रेलले बताए ।

जसअन्तर्गत प्रदेश सरकारलाई ५२ लाख ६१ हजार ४ सय ५२ रुपैया राजश्व बाँडफाँड भइसकेको छ भने स्थानिय सरकारलाई ७८ लाख ९२ हजार १ सय ७७ रुपैया राजश्व बाँडफाँड गरिएको छ । यस्तै ४३ लाख ५९ हजार १ सय ५७ रुपैया रकम भने बाँडफाँड हुन बाँकी रहेको र उक्त रकम पनि तुरन्तै बाँडफाँड गरिने मालपोत कार्यालयले जनाएको छ । यसैगरी यस वर्ष जग्गा रजिट्रेशन गर्दा सेवाग्राहीलाई १७ लाख ६० हजार ६ सय ३० रुपैया रकम छुट गरिएको थियो । महिलालाई आफ्नो नाम्मा जग्गा रजिस्टेशन गर्दा २५ प्रतिशत छुट दिने ब्यवस्था छ । जस अन्र्तगत आर्थिक वर्ष ०७६-०७७ मा महिलाले १६ लाख ७ हजार ७ सय ९५ रुपैया रकम छुट पाएका छन् यस्तै दलित तथा जनजातिले ८७ हजार ९ सय ३० रुपैया रकम छुट पाएका छन् ।

यस्तै २ जना वृद्धले १ हजार ९ सय पाँच छुट पाएका छन् । जग्गा आफने नाम्मा रजिट्रेशन गर्दा गत वर्ष महिला,दलित तथा जनजाति,वृद्धले कुल १९ लाख ८२ हजार ८ सय १९ रुपैया रकम छुट पाएका थिए ।

 



लोकप्रिय समाचार
नयाँ