arrow

नेपालगञ्जको एभरेष्ट बैंकमा पनि देखियो कोरोना, नेपालगञ्जमा ९ थपिए

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
covid-test-corona.jpg

नेपालगञ्ज । बाँकेमा मंगलबार ९ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा भेरी अस्पतालका एक जना चिकित्सक, एभरेष्ट बैंकका २ जना, वडा प्रहरी कार्यालय नेपालगञ्जका एक जना, नेपालगञ्जको वडा नम्बर ४ का ३ जना, वडा नम्बर १ र ९ का १-१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ८ सय ४४ पुगेको छ । यी मध्ये ६ सय ५४ जना निको हुँदा ४ जनाको मृत्यु भएको छ ।

भेरीमै गरिएको परिक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना देखिएको छ । ठाकुरबाबा नगरपालिकाका ४ जना तथा बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका १-१ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
 



लोकप्रिय समाचार
नयाँ