arrow

बलामीको घरभित्रै भेटियो काली नाग

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
king-cobra.jpg

टिस्टुङ । दुर्लभ र विषालु मानिने राजगोमन (किङकोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा  भेटिएको छ । 

 यही साउन ७ गते आइतबार राती चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि  वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गरेका थिए । बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेको अवस्थामा काली नागसमेत भनिने राजगोमनलाई देखेका थिए। 

 भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ  सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको रहेको छ ।

 उद्धारपछि समूहका सदस्यले स्थानीयलाई राजगोमनको बारेमा जानकारी गराएका थिए । उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरी जङ्गलमा लगेर सुरक्षित तवरले छाडिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । किङकोब्राको मुख्य आहारा नै अन्य प्रजातिका सर्प र मुसा रहेको छ । 



लोकप्रिय समाचार
नयाँ