arrow

मंगलबार थपिए ८५५ संक्रमित, ३३ हजार नाघ्यो

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

यसैगरी मंगलबार ३१३ जना कोरोना संक्रमण निको भएर घर फर्कएका छन्। यो सँगै कोरोना संक्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार ११९ पुगेको उनले बताए ।

मुलुकभर हाल १४ हजार २५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५८१ जना रहेको मन्त्रलयले जनाएको छ । 

त्यस्तै मुलुकभरका क्यारेन्टिनहरुमा हाल १० हजार ४५३ जना रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ