arrow

चितवनमा दैनिक १४ का दरले थपिंदैँ संक्रमित

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
corona-test-nepalgunj.gif

चितवन ।  जिल्लामा पछिल्लो समयमा सरदर दैनिक १४ जनामा कोरोना संक्रमित थपिन थालेका छन् । गत साउन २१ गतदेखि मंगलबारसम्म जिल्लामा २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको सङख्या ३ सय ८५ पुगेको छ । 
 
भरतपुर अस्पतालका सूचना अधिकारी  पौडेलका अनुसार गत साउन ९ गतेसम्म जिल्लामा १ सय १६ जनामा संक्रमण देखिएको थियो । साउन १० गतेदेखि २१ गते सम्म यहाँ संक्रमण देखिएको थिएन । पछिल्लो २० दिनको समयमा कोरोना संक्रमण दर निकै वढेको छ । जिल्ला प्रशासन  कार्यालयले दिएको जानकारी अनुसार संक्रमित मध्ये १ सय २६ जना कोरोना निको भई सकेको छ । १ सय ७६ जनामा कोरोना रोगको लक्ष्यण देखिएको थिएन । जिल्लामा भेटिएका संक्रमित मध्ये ६३ जनामा मात्र लक्षण देखा परेको छ ।

हाल सक्रिय संक्रमित २ सय ५४ जना रहेका छन् ।  उनीहरु मध्ये १८ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको  छ । उचित तरिकाले मास्क लगाउने, भिडभाड नगर्ने, व्यक्ति व्यक्तिबीच सामाजिक दुरी कायम गर्ने, केही छोए पछि साबुन पानी वा स्यानीटाइजरले राम्रोसँग हात धोए कोरोनाबाट जोगिन सकिने प्रशासनले जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई संक्रमित र अन्य सबै बिरामीहरुले सहज उपचार पाउने व्यवस्था मिलाउनका लागि सरकारी र निजी क्षेत्रका अस्पतालहरुको बीचमा समन्वय गर्न संयन्त्र निर्माण भई काम सुरु गरिएको बताउछन् । लक्षण नदेखिएका संक्रमितहरुलाई स्थानीयतहको आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ । उनले भने “संक्रमण रोकथामका लागि स्थानीय तह, वडा तथा टोल सुधार समितिको क्रियाशिलता अझै बढी आवश्यक छ ।”

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला  र चितवन मेडिकल कलेजको प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ । सङ्कलित स्वाब मध्ये १५ देखि २० प्रतिशतमा कोरोना पुष्टि देखिने जनाइएको छ । 



लोकप्रिय समाचार
नयाँ