arrow

ट्याक्टरले ठक्कर दिँदा सशस्त्रका सहायक हवल्दारको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
APF.gif.gif.gif

सर्लाही । सर्लाहीको नँया रोड बरहथवा–मधुवनी सडक अन्तर्गत रामनगर गाउँपालिका–७, मा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही हरिपुर नगरपालिका–८, घर भएका ३० वर्षीय दिलिप कुमार चौधरीको मृत्यु भएको हो ।

 कोरोना संक्रमितहरुलाई राखिएको आइसोलेसनको अवस्था बुझ्न खटिएका चौधरीलाई सोमवार साँझ गडहीया गाउँबाट प्रदेश २–०३–००२ प ५२१० नम्वरको मोटरसाइकलमा बरहथवातर्फ आउने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो । 

ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाईते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल, मलङ्गवा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । कविलासीको अगर्वास्थित सशस्त्र प्रहरीको १० नं। गणमा दरबन्द भएपनि चौधरी बोर्डर आउष्ट पोष्ट ९बीओपी० छतौनामा कार्यरत थिए । 

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–९ का १६ वर्षीय किशोर रन्जन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । ट्याक्टरमा नम्वर उल्लेख नगरिएकाले वास्तविक नम्वर पत्ता लगाउन कागजात मगाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ