झापा । झापाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको हो ।
बिर्तामोड ५ मा समुदाय स्तरमा कोरोना देखिएपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो ।
बिर्तामोडको मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ ।साथै सूचनामा शिव सताक्षी नगररपालिकाको सम्पुर्ण छेत्रमा पनि भाद्र १५ गते समका लागि निषेधाज्ञा आदेस जारी गरेको उल्लेख छ ।