काठमाडौं । भारतमा सोमबार एउटा रेकर्ड बन्यो कोरोना भाइरसको संक्रमणमा । त्यो दिन संक्रमित हुनेहरु भन्दा निको हुनेहरु बढी भए । सोमबार ५९ हजार ६९६ जना संक्रमितहरु थपिँदा निको हुनेहरु ६६ हजार ३०५ जना पुगेका थिए ।
तर त्यसको २४ घण्टा बित्न नपाउँदै रेकर्ड उल्टो भयो । मंगलबार ६६ हजार ८७३ जना संक्रमित थपिए । निको हुने ६४ हजार १५१ रहे ।
शनिबार सबैभन्दा बढी ७० हजार ६७ जना संक्रमित थपिएकामा मंगलबार ६६ हजार ८७३ पुगेका हुन् । योसंगै संक्रमितको संख्या ३२ लाख ३१ हजार ७५४ पुगेका छन् ।
सक्रिय संक्रमित ७ लाख ४ हजार ३२२ पुगेका छन् । निको हुनेको संख्या २४ लाख ६७ हजार २५२ पुगेको छ ।
मंगलबार १ हजार ६६ जनाको ज्यान गएको छ । सोमबार ८५४ जनाको ज्यान गएको थियो । आइतबार ८४६, शनिबार ९१८, शुक्रबार ९५३, बिहीबार ९८१ तथा बुधबार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ५९ हजार ६१२ पुगेको छ ।