काठमाडौं । कोरोना भाइरसको संक्रमण अझै घटेको छैन । मंगलबार २ लाख ३९ हजार ६९२ जना संक्रमित थपिएका छन् । ५ हजार ८२७ जनाको ज्यान गएको छ ।
विश्वभर २ करोड ४० लाख ४३ हजार भन्दा बढी संक्रमित पुगिसकेका छन् । ८ लाख २२ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा मंगलबार सबैभन्दा बढी संक्रमित थपिए । समग्रमा तेस्रो स्थानमा रहेको भारतमा ६६ हजार ८७३ जना संक्रमित थपिए । योसंगै भारतमा संक्रमितको संख्या ३२ लाख ३१ हजार ७५४ पुगेको छ । मृतक १ हजार ६६ थपिएर ५९ हजार ६१२ पुगेका छन् । भारतमा २४ लाख ६७ हजार २५२ जनालाई निको भएको छ ।
समग्रमा शीर्ष स्थानको अमेरिकामा मंगलबार ३९ हजार ५३६ जना संक्रमित थपिएर ५९ लाख ५४ हजार ८२४ पुगेका छन् । मृतक १ हजार २६१ थपिएर १ लाख ८२ हजार ३७५ पुगेका छन् । ३२ लाख ५२ हजार ४१६ जनालाई निको भएको छ ।
दोस्रो स्थानको ब्रजिलमा ४६ हजार ९५९ थपिएर कुल संक्रमित ३६ लाख ७४ हजार १७६ जना पुगेका छन् । मृतक मंगलबार १ हजार २१५ थपिएर १ लाख १६ हजार ६६६ पुगेका छन् । २८ लाख ४८ हजार ३९५ जनालाई निको भएको छ ।
चौथो स्थानको रुसमा ४ हजार ६९६ संक्रमित थपिएर कुल ९ लाख ६६हजार १८९ पुगेका छन् । मृतक १२० थपिएर १६ हजार ५६८ पुगेका छन् । ७ लाख ७९ हजार ७४७ जनालाई निको भइसकेको छ ।
पाँचौं दक्षिण अफ्रिकामा १ हजार ५६७ जना संक्रमित थपिएर ६ लाख १३ हजार १७ पुगेका छन् । मृतक १४९ थपिएर १३ हजार ३०८ पुगेका छन् । ५ लाख २० हजार ३८१ जनालाई निको भइसकेको छ ।
पेरुमा ६ लाख ४३८ संक्रमित पुगेका छन् । मृतक २७ हजार ८१३ पुगेका छन् । ४ लाख ७ हजार ३०१ जनालाई निको भइसकेको छ ।
सातौं मेक्सिकोमा ३ हजार ५४१ संक्रमित थपिएर ५ लाख ६३ हजार ७०५ पुगेका छन् । मृतक ३२० थपिएर ६० हजार ८०० पुगेका छन् । ३ लाख ८९ हजार १२४ जनालाई निको भइसकेको छ ।
कोलम्बियामा १० हजार ४३२ जना थपिएर संक्रमित ५ लाख ६२ हजार १२८ पुगेका छन् । २७७ जना मृतक थपिएर १७ हजार ८८९ पुगेका छन् । ३ लाख ९५ हजार ४७० जनालाई निको भएको छ ।
नवौं स्पेनमा २ हजार ४१५ संक्रमित थपिएर ४ लाख २३ हजार २२४ पुगेका छन् । मृतक ५२ थपिएर २८ हजार ९२४ पुगेका छन् ।
दशौं चिलीमा १ हजार ४१७ जना संक्रमित थपिएर ३ लाख ९९ हजार ५६८ पुगेका छन् । मृतक ४२ थपिएर १० हजार ९५८ पुगेका छन् । ३ लाख ७४ हजार ४६३ जनालाई निको भएको छ ।
अन्य थपिएका मृतकमा अर्जेन्टिनामा १९७, बेलायतमा १६, साउदी अरेबियामा ३१, बंगलादेशमा ४५ इराकमा ७७, इन्डोनेसियामा ९९, बोलिभियामा ६९ तथा रोमानियामा ५८ जनाको ज्यान गएको छ ।