arrow

गाउँपालिका अध्यक्ष श्यामको गाडी तोडफोड

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ १० बुधबार
118585156_174415004198478_8.jpg

पोखरा । कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेद गुरुङ श्यामको गाडी तोडफोड भएको छ । ग१झ३०४ नं को महेन्द्र गाडी मंगलबार राति तोडफोड भएको हो ।

तोडफोड हुनुको कारण भने खुलेको छैन । यद्यपि अध्यक्ष गुरुङले भने केही उच्छृङ्खल युवाको समूहले तोडफोड गरेको हुन सक्ने दावी गरेका छन् ।

उनले भने, ‘यो व्यक्तिले तोडफोड गरेको भन्ने केही छैन । तर केही उच्छृङ्खल समूहले तोडफोड गरेका हुन सक्छन् । प्रहरीले अनुसन्धान गरिरहेको छ, केही पत्ता लाग्ला ।’

उनी मंगलबार वडाको मिटिङका लागि वडा नं २ ताङतिङ पुगेका थिए । यो वडा उनको आफ्नै गृह वडा पनि हो । उनका अनुसार घरमा गाडी राख्न नमिल्ने भएकाले सडकमै गाडी राखिएको थियो ।

गाडीको अगाडिको लुकिङ ग्लास र पडाडि पट्टिको सीसा फुटेको अध्यक्ष गुरुङले बताए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ