पाँचथर । पाँचथरमा तीन प्रहरी र अर्धवैसे ब्यक्तिसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३ प्रहरी र बैदेशिक रोजगारीबाट फर्केका १ सर्वसाधारण गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
कार्यालय प्रमुख नारदमणि सुवेदीका अनुसार २६ वर्षिय २ जना, २३ वर्षिय एक जना प्रहरी र एक ५५ वर्षिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरीहरु र ती अर्को अर्धवैशे ब्यक्ति फिदिम माविको स्रोत केन्द्र भवनमा बनाइएको आइशोलेशनमा राखिएको थियो ।
उनीहरु सवैलाई विराटगनर लगिने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।
साउन २४ गते जिल्ला विराटनगरबाट सरुवा भएर आएका १ जना जवानमा भदौ ४ गते संक्रमण पुष्टि भएपश्चात स्वास्थ कार्यालय पाँचथरले भदौ ५ गते ४६ जना प्रहरीको स्वाब संकलन गरेर विराटनगर ल्याव प्रयोगशालामा पठाएको थियो ।
जिल्लामा एकैसाथ ४ जनामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसअघि पटक पटक गरी ८ जनामा संक्रमण देखिएकोमा ५ जना उपचार पछि निको भएर घर फर्केका छन भने तीनजना उपचारकै क्रममा छन् ।
पछिल्लो पटक ४ जनामा संंक्रमण पुष्टि भएपछि अब पाँचथरमा संक्रमितको संख्या ७ पुगेको छ ।