arrow

लगातार चौथो दिन घट्यो सुनको मूल्य, कति पुग्यो?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा बुधबार लगातार चौथो दिन पनि सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा ४ सय रुपैयाँ प्रतितोलाका दरले घटेको हो ।

महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य ९६ हजार ८ सय रुपैयाँ प्रतितोला कायम गरिएको छ ।

मंगलबार उक्त मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेको थियो । त्यस्तै सोमबार छापावाल सुनको मूल्य ९७ हजार ९ सय रुपैयाँ र आइतबार ९८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।

महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

चाँदीको मूल्य १० रुपैयाँले घट्यो
 

महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले घटेको छ ।

मंगलबार स्थिर रहेर प्रतितोला १३ सय रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १३ सय १० रुपैयाँ कायम गरिएको छ ।

यसअघि गत आइतबार २५ रुपैयाँले गिरावट आएको चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ र सोमबार पनि २५ रुपैयाँले गिरावट आएर १३ सय २० रुपैयाँका दरले कारोबार भएको थियो ।

किन घटिरहेको छ मूल्य?
 

नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले रुसले पत्ता लगाएको कोभिड १९को भ्याक्सिनको असरका कारण मूल्यम गिरावट आइरहेको बताए । ‘कोरोनाका कारण लगानीका अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नरहेका कारण अन्तर्राष्ट्रि बजारमा धेरैले सुनमा लगानी गर्न थालेकाले ह्वात्तै बढेको थियो’ शाक्यले भने, ‘अहिले रुसले पत्ता लगाएको भ्याक्सिनमा अमेरिकाले, युरोपियन कन्ट्रीहरुले विश्वास गर्न थालेकाले सुनको माग घटेका कारण मूल्य घटिरहेको हो ।’

पछिल्लो समय विभिन्न मुलुकले कोरोनाको भ्याक्सिन पत्ता लगाएका कारण मान्छेमा विश्वास बढ्दै गइरहेको र यसअघि ह्वात्तै बढेको सुनको मूल्यमा अझै गिरावट आउन सक्ने पूर्वअध्यक्ष शाक्यले बताए ।



लोकप्रिय समाचार
नयाँ