arrow

प्रेस युनियनद्वारा पत्रकार ढुङ्गाना माथिको दुर्व्यवहारको निन्दा

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

पोखरा । नेपाल प्रेस युनियन कास्कीले कास्कीका पत्रकार सुमन ढुङ्गानालाई ट्राफिक प्रहरीले दुव्र्यवहार गरेको घटनाको निन्दा गरेको छ ।

युनियनले कोरोना महामारीका बेला समाचार संकलनमा रहेका पत्रकार ढुङ्गानालाई मङ्गलबार दुव्र्यवहार गरिएको भन्दै आगामि दिनमा यस्ता घटना नदोहोर्याउन भनिएको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि बहानालाई पत्रकारलाई समाचार संकलनमा अवरोध सृजना नगर्न आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
नयाँ