arrow

थप एक संक्रमितको भन्टिलेटरमा मृत्यु, थिए फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
dead-body.jpg

सुदूरपश्चिम । कोरोना भाइरस संक्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उनको भन्टिलेटरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जानकारी दिए । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताए। 

फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

 सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना संक्रमित उपचारत रहेको र उनहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ