काठमाडौं । विशेषज्ञ सेवासहीत इलाममा एपोलो अस्पताल तथा ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।
पाँचथर, इलाम, तेह्रथुम र ताप्लेजुङका जनतालाई लक्षित गर्दै इलाममा मंगलबार देखि एपोलो अस्पताल सञ्चालनमा आएको हो ।
उक्त अस्पतालले नसा तथा हाडजोर्नी, फिजिसियन, स्त्रीरोग, र रेडियोलोजी सम्बन्धी सेवा दिने गरी ४ जना विशेषज्ञसहीतका स्वास्थकर्मीले सेवा दिने सञ्चालक प्रकाश चापागाँईले जानकारी दिए । ‘विशेषज्ञ सेवाका लागि ४ जना डक्टरको टिम छ । नसा तथा हाडजोर्नी भनेर अर्थोपेडिक छ’ सञ्चालक चापागाँईले भने, ‘एक जना जनरल फिजिसियन, स्त्रीरोग र रेडियोलोजीका विशेषज्ञहरु बस्नुहुन्छ ।’
उनका अनुसार अस्पताल सञ्चालनमा ल्याउन करिब ४ करोड रुपैयाँ लागत लागेको हो ।
अस्पताल सञ्चालनमा आएपछि यिनै सेवाका लागि सर्वसाधारणले भारततिर जानु पर्ने बाध्यताको अन्त्य हुने अस्पतालको आपेक्षा छ ।
विशेषज्ञ सेवाको निजी क्षेत्रका एक मात्रै अस्पताल जिल्लामा रहेको र सरकारी अस्पताल समेत भएकाले सर्वसाधारणले भारततर्फ जानुपर्ने बाध्यताको अन्त्य हुने आपेक्षा लिइएको सञ्चालक चापगाँईले बताए ।
अहिले उक्त अस्पतालमा १५ बेड रहेका छन् । भविष्यमा ५० बेड पुर्याउने योजनाका साथ सुरुवात गरिएको सञ्चालकहरुले बताएका छन् ।